Devdaha Tv | राजनीति
माघ ५ २०७७   | 
devdahaTv-info

कञ्चन गाउँपालिकामा एक सय भन्दा वढि नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

  • 2 weeks ago

पुस १९ । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक सय भन्दा वढि नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आइतबार गाउँपालिकाको वडा नम्वर ३ मा आयोजित एक कार्यक्रममा बिच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टी प्रवेश गराउनु भएको हो । नवप्रवेसीहरुलाई काग्रेसमा स्वागत गर्दै नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताउनु भयो । उहाले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अव जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गर्नु भयो । नेता शाहले अब नेपाली कांग्रेसको नेतृत्वमा वहुमतको सरकार बन्ने दाबी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त भएको टिप्पणी गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताउनु भयो । त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वइक्षाचारी प्रवृतीको भण्डाफोर गर्नु पर्ने बताउनु भयो । कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकार संग अब सरकारमा वसिरहन कुनै नैतिक र संवेधानिक अधिकार नरहेको बताउनु भयो । सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वसिउल्लाह मुसलवान,  जिल्ला सदस्य देविराम रेग्मी, डोल व थापा, राम वहादुर थापा, देवीलाल पौडेल लगायतले बोल्नु भएको थियो  । 

सम्बन्धित समाचार