Devdaha Tv | राजनीति
माघ ५ २०७७   | 
devdahaTv-info

तीन महिना भित्र संसद पूनरस्थापना हुने भुषालको दाबी

  • 2 weeks ago

पुस १९ । नेकपा माधव प्रचण्ड समुहका नेता घनश्याम भुषालले तीन महिना भित्र संसद पूनस्र्थापना भएरै छाड्ने दाबी गर्नु भएको छ । आइतबार रुपन्देहीको देवदहमा अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता भुषालले विभिन्न समयमा श्रीपेच लगाउनेले संसद विघटन गरेको स्मरण गर्दै अहिले ढाका टोपी लगाउनेले संसद विघटन गरेकाले सजिल्यै संसद पुनस्थापना हुने बताउनु भयो । उहाँले संसद विघटन संविधान संगद छ भनेर प्रमाणित गरेर देखाउन ओली समुहका नेताहरुलाई चुनौती दिनु दिनु भयो । प्रधानमन्त्री ओलीले लामो संर्घष र बलिदानीबाट बनेको संविधान च्यात्ने काम गरेकाले यसका बिरुद्ध एकताबद्ध लाग्न सबै नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नु भयो । उहाले एकलौटी ढंगले हिड्ने, पार्टी बैठकमा नआउने र पार्टीको निर्देशन नमान्ने प्रधानमन्त्री ओलीको हर्कतका कारण पार्टी भित्र समस्या सृजना भएको उल्लेख गर्दै उहाँले जे भन्दा पनि कामै गर्न दिएनन भनेर सुख नपाइने बताउनु भयो । पार्टी एकता जोगाउने एक मात्रै उपाय भनेको संसद पूनस्थापना भएकाले संसद पूनस्थापना हुने बित्तिकै सबै समस्या समाधान हुने उहाँको ठहर छ । नेता भुषाले संसद पूनस्थापना हुँदा कसैलाई पनि घाटा नहुने उल्टै देशलाई फाइदा हुने बताउनु भयो । नेपालको संविधान जारी गर्दा भारतले आपत्ती जनाएको तर्फ ईङ्कीत गर्दै प्रधानमन्त्रीले प्रतिगामीलाई सघाउने गरी काम गरीरहेको आरोप लगाउनु भयो । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएकाले यसका बिरुद्धमा अभियान चलाउन निर्देशन दिनु भयो । सोही कार्यक्रममा बोल्दै नेकपा रुपन्देही सचिव निर्मल जिसिले अग्रगमनको पक्षमा लाग्न आग्रह गर्नु भयो । पार्टीका नेता तथा कानुन व्यवसायी लिलाधर मरासिनीले कानुनमा प्रधानमन्त्रीले संसद विघटन गर्ने कुनै अधिकार नरहेको बताउनु भयो । सो अवशरमा नेकपाका नेताहरु मन कुमार कनौजे, सिद्धिचरण भट्टराई र हिरा थापाले बोल्नु भएको थियो । 


 

सम्बन्धित समाचार