झविन्द्र देवकोटा
पुस १३ । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पुर्वमन्त्री अब्दुल रज्जाकले वर्तमान ओली सरकारले जनाताको चाहनामाथी कुठाराघाट गरेको आरोप लगाउनु भएको छ । जनताले लोकतान्त्रीक गणतन्त्रका लागि दिएको मतको विपरीत संसद विगठन गरेर ओली सरकारले मुलुकमा ठुलो तमासा देखाएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेस रुपन्देही क्षेत्रनम्बर एक प्रतिनिधी सभा क्षेत्रीय समितिले सोमबार आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रज्जाकले जनताको अभिमतको भावना विपरीत वर्तमान सरकार रहेको बताउनुभयो । उहाँले लोकतान्त्रीक गणतन्त्रको रक्षाका लागि कांग्रेसले सधन, सडक र निर्वाचन जुन सुकै क्षेत्रमा प्रतिवद्ध भएर संघर्ष गर्ने बताउनुभयो । उहाँले कांग्रेसले नै मुलुकमा संविधान जारी गरेको तथा समृद्ध र शान्तिको चाहना राखेको उल्लेख गर्दै संसद पुनसर््थापनाका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउनुभयो ।
क्षेत्रीय सभापति हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संघिय मामिला तथा प्रदेश समन्वय विभाग सदस्य मणिप्रसाद शर्मा, कांग्रेस जिल्ला उपसभापति सरिता चौधरी, महासमिति सदस्य गंगा शाही, युवा नेता हरि न्यौपाने, महाधिवेशन प्रतिनिधी एक बहादुर सुनार, जिल्ला सदस्य बासुदेव रिमाल, पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, गोरख चौधरी, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे, देवदह नगर सभापति गुनाखर भुर्तेल, क्षेत्रीय सचिव कोपिला एसि, युवा नेता राजकुमार यादव, विद्यार्थी नेता शंकर गिरी लगायतले ओली सरकारले गरेको असैंवधानीक कदमलाई सच्चाउन आग्रह गर्नु भएको थियो । कार्यक्रमको संचालन क्षेत्रीय सचिव बैजनाथ साहानीले गर्नु भएको थियो ।