Devdaha Tv | अर्थ बजार
जेठ १४ | 2023 May 28
Flash News

सुनको भाउ बिहिबार तोलामा एक हजार रुपैयाँले घट्यो

2 days ago
सुनको-भाउ-बिहिबार-तोलामा-एक-हजार-रुपैयाँले-घट्यो

 

जेठ ११ । सुनको भाउ बिहिबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।

आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तराष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।