जेठ ४ । देवदह नगरपालिका वडा नं. ७, शीतलनगरमा अवस्थित सगरमाथा आवासीय मा.वि.मा कक्षा १० मा अध्ययन गर्ने अभिभावक र शिक्षक बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।
विद्यालयको योजना तर्जुमा एवम् नीति निर्माणमा अभिभावको रायलाई समेत समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले असल विद्यार्थी उत्पादनमा घर र अभिभावको समेत महत्वपूर्ण भूिमका रहने हँुदा अभिभावकले आफ्ना नानीवावुका घरायसी क्रियाकलापमा विषेश निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कक्षा शिक्षकहरु सुमन पाण्डे, दधिराम ज्ञावाली र सुरज पौडेलले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टिगत विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले घोकन्ते शिक्षामा भन्दा मौलिकता र सिर्जनशील क्रियाकलापमा विशेष जोड दिनुपर्ने बताउनु भयो । ७५ जना अभिभावकहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।