Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १४ | 2023 May 28
Flash News

सगरमाथा आवासीय मा.वि मा स्वागत कार्यक्रम सम्पन्न

1 week ago
सगरमाथा-आवासीय-मा.वि-मा-स्वागत-कार्यक्रम-सम्पन्न

जेष्ठ २ । देवदह नगरपालिका वडा नं. ७, शित्तलनगरमा अवस्थित सगरमाथा आवासीय मा.वि.मा शैक्षिक सत्र २०८० मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

विद्यालयमा क्रियाशील अप्टिमिस्ट क्लब अफ सगरमाथा र इन्ट्रयाक्ट क्लब अफ सगरमाथाको आयोजना र विद्यालयको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्राचार्य कृष्ण प्रसाद पौडेलले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै उनिहरुको प्रतिभा प्रस्फुटन गराउन विद्यालय सधैँ तत्पर रहने बताउनु भयो । विशिष्ट अतिथि सह–प्राचार्य प्रदिप अधिकारीले नव आगन्तुक विद्यार्थी एवम् सबै विद्यार्थीहरुलाई संस्कार सहितको गुणस्तरीय शिक्षा बाट मात्र सामाजिक विकास सम्भव रहेकोमा जोड दिनु भयो ।

विभिन्न क्षेत्रबाट यसै शैक्षिक वर्षमा कक्षा एल.के.जी देखि कक्षा ९ सम्मका एक सय ७० जना विद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रम इन्ट्रयाक्ट क्लब अप सगरमाथाका अध्यक्ष नेत्र भूसालको सञ्चालनमा सम्पन्न भएको थियो ।