Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १४ | 2023 May 28
Flash News

सगरमाथा आवासीय मा.वि मा दुई दिने मञ्च मन्त्र कार्यशाला सम्पन्न

2 weeks ago
सगरमाथा-आवासीय-मा.वि-मा-दुई-दिने-मञ्च-मन्त्र-कार्यशाला-सम्पन्न

वैशाख २७ । देवदह—७ शित्तलनगर रुपन्देहीमा अवस्थित सगरमाथा आवासीय मा.वि.मा क्रियाशील इन्टरयाक्ट क्लब अफ सगरमाथाको आयोजनामा २ दिने ‘मञ्च मन्त्र’ कार्यसाला सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा अन्तर निहित वक्तृत्वकला प्रतिभालाई पहिचान गरी उक्त क्षमतालाई प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यशालामा विद्यालयका ६४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले शिक्षित विद्यार्थीहरुले आफ्ना भावना र विचारहरुलाई जनमानस सम्म पु¥याउनको लागी विद्यार्थीहरु वक्तृत्वकला क्षेत्रमा निपूर्ण हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका सह–प्राचार्य प्रदिप अधिकारीले प्रविधि तर्फ केन्द्रित वर्तमान समयमा मौलिक र सृजनात्मक क्षमतामा गिरावट आउदै गरेकोले यस्ताखालको कार्यशालाले विद्यार्थीको सृजनात्मक क्षमता वृद्धिमा थप टेवा पु¥याउने बताउनु भयो ।

उक्त कार्यक्रम इन्ट्रयाक्ट क्लबका अध्यक्ष अंकुर पोख्ररेलको अध्यक्षता, प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख अतिथ्यता र नेत्र भुसालको सञ्चालनका सम्पन्न भयो ।