वैशाख १९ । अपांगतासम्बन्धी एक दिवसीय सचेतनामुलक कार्यक्रम सोमवार तिलोत्तमामा सम्पन्न भएको छ । तिलोत्तमा वडा नम्बर १ को अपांग सन्जालको आयोजना र तिलोत्तमा नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरिले अपांगताका बारेमा धेरै कुरा आफुलाई थाहा नभएको र यस्ता कार्यक्रमले धेरैलाई सचेतना जगाउने काम गरेको बताउदै आगामी दिनमा अपांगता भएका व्यक्तिका समस्या समाधान गर्न हालेमालो गरेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष निलकण्ठ कंडेलले अपाङ्गता भएका व्यक्तिका हक र अधिकारका लागि स्थानीय सरकारको सहयोग पाए आफुहरु पनि हालेमालो काम गर्न तयार रहेको बताउनुभयो ।
वडा नम्बर १ का अपांगता भएका ब्यक्ति, अभिभावक, वडाका जनप्रतिनिधि र सरोकारवाला निकायका बिचमा भएको कार्यक्रममा, अपाङ्गताको किसिम अपांगता भएका व्यक्तिले सरकारी निकायबाट प्राप्त गर्ने सेवा सुविधा लगाएतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय अपांग महासंघ नेपालका सदस्य तथा अधिकारकर्मी साबित्रा घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा चपरहट्टी टोल विकास सस्थाका अध्यक्ष कृष्ण कंडेल, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष कुशुम पाण्डे, संस्थाका सदस्य गुरुदत्त ज्ञवाली लगाएतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको अवसर पारेर सुवेदार चौधारी र अर्जुन पाण्डेलाई सेतो छडी बितरण समेत गरिएको थियो ।