वैशाख १६ । देवदह न.पा. वडा नं.–७, मा अवस्थित सगरमाथा आवासीय मा.वि. ले यस वर्षदेखि वातावरण मैत्री जन्मोत्सव कार्यक्रम सुरु गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जन्म दिनको अवसरमा एक–एक फूलको बिरुवा रोपी विद्यालयको वातावरणलाई हराभरा बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । यस अभियानको समुदघाटन विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रसिद्धि अधिकारीको जन्म दिनको अवसरमा विरुवा रोपी कार्यक्रमको समुदघाटन गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले यस अभियानबाट प्लाष्टिक जन्य पदार्थको प्रयोगमा कमी भई वातावरणमा समेत अनुकूल प्रभाव पार्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोेधन गर्दै सह–प्राचार्य द्धय प्रदिप अधिकारी र लेखनाथ काफ्लेले यस्ताखाले सकरात्मक क्रियाकलापलाई संस्कारको रुपमा रुपान्तरण गराउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमको सञ्चालन अपरेसन इन्चार्ज जीवन तामाङ्गले गर्नुभयो ।