चैत ८ । दैलेखको तालपोखरीमा एलपी ग्यास बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनमा परी ट्रकका चालक ३० वर्षीय कृष्ण चौधरी र कामदारद्वय २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षिय विष्णु चौधरीको मृत्यु भएको हो ।
नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको मिनीट्रक बुधबार बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।