Devdaha Tv | स्थानीय
जेठ १४ | 2023 May 28
Flash News

एनआईसी एशिया बैंकको देवदह शाखामा लगाए ताला

2 months ago
एनआईसी-एशिया-बैंकको-देवदह-शाखामा-लगाए-ताला

चैत ७ । रुपन्देहीको देवदहमा आफ्नै व्यवसाय बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । मंगलबार दुई घण्टा सटर डाउन गरेका स्थानीय व्यवसायीले एनआईसी एशिया बैंकको देवदह शाखामा तालाबन्दी समेत गरेका छन् । बैंकले दुस्ख र अनावश्यक तनाब दिएको भन्दै ऋणी व्यवसायीहरूले बैंकमा ताला लगाएका हुन् ।

बिहान ८ बजेदेखि खैरेनीको लोकेश्वर मन्दिर परिसरमा भेला भएका व्यवसायीले बैङ्ककै टर्चरले आत्महत्या गर्नुपर्नेस्थिति आएको भन्दै सटर डाउन गरेर बैंकमा ताला लगाए । सटर डाउन तथा बैङ्कमा तालाबन्दी गर्नुअघि व्यवसायीको आकस्मिक भेलाले व्यवसायी रामप्रसाद देवकोटा संयोजक तथा मधु श्रेष्ठ र मेघराज ढकाल सहसंयोजक रहेको २० सदस्यीय संघर्ष समिति गठन गरेको थियो ।

जसको सदस्यहरूमा कृष्ण चापागाईं, गोपाल ढकाल, बम बहादुर आले, पदम ढुंगाना, कृष्ण शाही, देबु विक र हरि न्यौपाने, प्रेम जिसी, सन्तोष नारायण, सरोज जिसी, लगायत रहेका छन् ।