Devdaha Tv | अर्थ बजार
जेठ १४ | 2023 May 28
Flash News

आज सुनको मुल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम 

2 months ago
आज-सुनको-मुल्य-१-लाख-९-हजार-३-सय-रुपैयाँ-कायम-

चैत ६ । सोमबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा ७ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले ओरालो लागेको छ । 

आज छापावाला सुन तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुन तोलामा १ लाख ८ हजार ८  सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सु्न तोलामा  १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार चाँदी तोलामा १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।