Devdaha Tv | समाचार
चैत्र १० | 2023 Mar 24

सुनवल प्रेस क्लब गठन, अध्यक्षमा भुसाल चयन

5 days ago
सुनवल-प्रेस-क्लब-गठन,-अध्यक्षमा-भुसाल-चयन

चैत ४ । क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा पश्चिम नवलपरासीको सुनवलमा सुनवल प्रेस क्लब गठन गरिएको छ।

शनिबार सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुसालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो।

जसको उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्षमा कल्पना खरेल, सचिवमा प्रदिप पाठक, सह–सचिवमा पुजा लम्साल, कोषाध्यक्षमा दिपक खनाल, सदस्यहरुमा नन्दलाल कवर नन्दु, रेशम अधिकारी, बिमल भट्टराई सर्वसम्मत चयन भएका छ्न्।

आवाज विहिनहरुको आवाजलाई बुलन्द रुपमा उठाउन सामुहिकताको खाँचो रहेकाले क्लब गठन गरिएको अध्यक्ष रमेश कुमार भुसालले बताउनु भयो। संचार क्षेत्रमा सत्ता र शक्तिको आड लिएर व्यक्तिको देवत्वकरण गर्ने प्रवृति मौलाएको जनाउँदै उहाँले, “हामी जनसरोकारका मुद्धालाई ओझेल पर्न दिँदैनौँ ” भन्नु भयो । 

सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, ज्येष्ठ पत्रकारलाई सम्मान, नयाँलाई अवसर दिलाउनका साथै पत्रकारको हकहित र व्यवसायिकतामा लागि पर्ने भुसालको प्रतिबद्धता रहेको छ।

क्लबको आगामी प्रक्रियाका लागी उपाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा पाचँ सदस्यीय विधान समिति र कोषाध्यक्ष दिपक खनालको संयोजकत्वमा आर्थिक समिति गठन भएको सचिव प्रदिप पाठकले जानकारी दिनु भयो ।