Devdaha Tv | समाज
मंसिर १८ २०७७   | 
devdahaTv-info

जन्मदिनमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  • 1 week ago

मंसिर ६ । रुपन्देहीको देवदह नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनारले आफ्नो जन्मदिनको अवशरमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु भएको छ । शनिबार सिता मावि चरङ्गेमा अध्यनरत करीब ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु भएको हो । सो अबशरमा बोल्दै वडा अध्यक्ष सुनारले आर्थिक अभावका कारण विद्यार्थीहरु समस्यामा नपरुन भन्नका लागि कपडा विरण गरको बताउनु भयो । वडा अध्यक्ष सुनारले यस अघि पनि आफ्नो जन्मदिनमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आउनु भएको थियो । कार्यक्रममा सिता माविका प्राचार्य महेश कुमार थैवले विद्यालयका विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोगको अपेक्षा राखेको बताउनु भयो । 
 

सम्बन्धित समाचार