Devdaha Tv | समाचार
चैत्र १० | 2023 Mar 24

सगरमाथा आवासीय मा.वि ले पायो ISO लोगो

5 days ago
सगरमाथा-आवासीय-मा.वि-ले-पायो-ISO-लोगो

चैत ४ । सगरमाथा आवासीय मा.वि., देवदह —७, शीतलनगरले ISO को लोगो प्राप्त गरेको छ । सगरमाथा मा.वि. ले आफ्नो सेवाको गुणस्तरलाई वृद्धि गरी अन्तर्राष्ट्रिय गुणस्तरको मापन निकाय  ISO को लोगो प्राप्त गरेको हो । 

विद्यालयले भौतिक संरचना, शिक्षाको गुणस्तर, व्यवस्थापन सुरक्षा प्रणाली लगायतका मापदण्डहरु पुरा गरी ३ वर्ष भित्रमा ISO Certificate प्राप्त गर्ने उद्देश्य राखेको छ । आज विद्यालयका शिक्षक, कर्मचारी र ISO प्रतिनिधिहरुको संयुक्त बैठक बसी उक्त लोगो हस्तान्तरण गरिएको छ । ISO का नेपाल अधिकारी सुदिप शर्माले विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेललाई लोगो प्रदान गर्दै विद्यालयले छोटो समय अवधिमा सर्टिफिकेट प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनिले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालय यस अगाडि नेपाल सरकारद्धारा क वर्गको विद्यालयको रुपमा मान्यता प्राप्त गरी अबको ३ वर्षमा नै अन्तराष्ट्रिय गुणस्तरको विद्यालयको रुपमा रुपान्तरित हुने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सहप्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।