चैत ४, बुटवल । स्विभ्ड एजुकेशन प्रालि बुटवलको आयोजनामा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा ३ दिने करियर कन्सल्टेसन कार्यक्रम सुरु भएको छ ।
बुटवल मिलनचोकमा रहेको डेल्टा एजुकेशनको प्राङ्गडमा आयोजना गरिएको ३ दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापुर्वक सम्पन्न भएको छ । यहि चैत ५ गतेसम्म आयोजना हुने करियर कन्सल्टेसनको उद्घाटन स्विभ्ड टेक्नोलोजीजका सह–संस्थापक सुरज माझीले र प्रबन्ध निर्देशक समिता राना मगर गर्नु भएको थियो ।
स्विभ्ड एजुकेशनका फाउन्डर सुवास शाहीले उपस्थितहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको महत्वमा जोड दिनु भयो । उहाँले आजको प्रतिस्पर्धी संसारमा विशेषज्ञ प्रशिक्षकद्धारा योग्य प्रतिभाहरू सिर्जना गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
प्राविधिक शिक्षाले जसले आगामी पुस्ताको उत्पत्ति गर्न मद्दत गर्ने जानकारी दिदै उहाँले महत्पूर्ण काम गर्ने अवसर समेत कार्यक्रमले सुरुवात गर्ने विश्वास व्यक्त गर्नु भयो ।
सहभागीहरूलाई करिअर विकल्पहरू अन्वेषण गर्ने अवसर प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बिद्यार्थी, युवा पेशाकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले नयाँ स्तरको कार्यक्रम भएको कारण उत्साह व्यक्त गरेका थिए । अनुभवी विशेषज्ञहरुबाट सिक्ने र महत्वपूर्ण विषयबारे जानकारी लिने अमुल्य अवसर प्राप्त गरिएको उनीहरुको प्रतिक्रिया छ ।
कार्यक्रमको पहिलो दिन अन्तरक्रियात्मक गतिविधि, खेल, नेटवर्किङको दायरा पनि राखिएको थियो । परामर्श सत्रको रूपमा सहभागीहरूले सफ्टवेयरमा विशेषज्ञहरूसँग संलग्न हुने अवसर पाएका थिए ।
ईन्जिनियरिङ्, ग्राफिक डिजाइन, र उद्यमशीलता गरी ३ वटा कोर्षको विषयमा आयोजकले प्रष्ट पारेका थिए । सहभागी मध्येका स्विभ्ड एजुकेशन प्रालिले गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ । नेपाल र बाहिरका व्यक्तिहरू, अन्तर्राष्ट्रिय बुटक्याम्पमा समेत सहभागीता गराउने जसमा २० जनाले मात्रै सहभागी हुन पाउने आयोजकले जनाएको छ । यसरी सहभागीहरुले अन्तर्राष्ट्रिय स्तरको बुट क्याम्पको शैलीमा प्रशिक्षण, तालिम र सिप सिक्ने छन् । शिक्षा प्राप्ती पश्चात १०० प्रतिशत जागिर प्राप्त गर्न सकिने समेत कम्पनीले जानएको छ ।