Devdaha Tv | राजनीति
चैत्र १० | 2023 Mar 24

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित 

6 days ago
उपराष्ट्रपतिमा-जसपाका-रामसहाय-प्रसाद-यादव-निर्वाचित-

चैत ३ । जनता समाजवादी पार्टी जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । ३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत प्राप्त गर्नु भएको छ भने पराजित एमालेका अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत प्राप्त गर्नु भएको थियो । यस्तै जनमत पार्टीका ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत प्राप्त गर्नु भयो । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाका प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत प्राप्त गर्नु भएको छ । 

यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।