Devdaha Tv | राजनीति
मंसिर १८ २०७७   | 
devdahaTv-info

वडा कार्यालयको शिलान्यास 

  • 2 weeks ago

कार्तिक २८ । पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य छबिलाल बिश्वकर्माले रुपन्देहीको देवदह–४ को कार्यालय भवनको शिलान्यास गर्नु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच सिंगाहामा भवनको शिलान्यास गर्नु भएको हो । कार्यक्रममा बोल्दै नेता बिश्वकर्माले कोरोना संक्रमणको समय संघियताको महत्व देखिएको र स्थानिय सरकारले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै संघियता कार्यान्वयमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले शहिदहरुको वलिदानीबाट संघिय लोकतान्त्रिक गणतन्त्र आएको भन्दै नेकपा वा कुनै राजनैतिक दल फुट्दैमा व्यवस्था नफेरीने स्पष्ट पार्नु भयो । वर्तमान सरकारले जनताको मनोभावना अनुरुप काम गरीरहेको उहाले दाबी गर्नु भयो । नेता बिश्वकर्माले संघियता नयाँ बिषय भएकाले काम गर्न केही कठिनाइहरु भए पनि तीनै तहका सरकारको समन्वयमा काम भइरहेको बताउनु भयो । 

उहाले यस क्षेत्रको शिक्षा स्वास्थ्य खानेपानी र भौतिक पूर्वाधारको निर्माणमा आफुहरु लागि परेको बताउनु भयो । २०७८ असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी साम्यमाई कन्स्ट्रक्सन प्रालि सुनवल–७ नवलपरासीले ७६ लाखमा ठेक्का सम्झौता गरेको वडा अध्यक्ष दिपक चापागाइले जानकारी दिनु भयो । यस अघि देवदह–३,८,१ को निर्माण सम्पन्न भइसकेको छ । अन्य वडाका वडा कार्यालयहरु निर्माणको चरणमै रहेको नगरपालिकाले बताएको छ ।

सम्बन्धित समाचार