चैत २ । बिहीबार सुनचाँदीको मुल्य उकालो लागेको छ । आज सुनको मूल्यमा १ हजारको वृद्धि आएको छ भने चाँदीको मूल्यमा ५ रुपैयाँको वृद्धि आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुन तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुन तोलामा १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनच्चादी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १ हजा ३ सय रुपैयाँमा कारोबार भएको थियो ।