Devdaha Tv | राजनीति
मंसिर १८ २०७७   | 
devdahaTv-info

वडा स्वास्थ्य चौकीको शिलान्यास 

  • 2 weeks ago

कार्तिक २८ । देवदह नगरपालिकाको एक वडा एक स्वास्थ्य चौकी कार्यक्रममा अन्र्तरगत शुक्रबार देवदह–३ शिशपुरमा स्वास्थ्य चौकी शिलान्यास गरीएको छ । प्रतिनिधि सभा सदस्य छबिलाल बिश्वकर्माले स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको हो । देवदह नगरपालिकाले खैरेनीमा १५ शैयाको नगर अस्पताल रहने र प्रत्येक वडामा आधारभुत सेवा सहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्ने योजना अघि सारेको छ । वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजना अन्र्तगत शिशपुरमा पहिलो स्वास्थ्य चौकी शिलान्यास गरीएको हो । यस अघि वडा कार्यालय पनि देवदह–३ मा नै सबै भन्दा पहिले निर्माण सम्पन्न भएको थियो । देवदह–३ देवदह नगरपालिकामा कार्य सम्पादनका हिसाबले उत्कृष्ट वडा हो ।

सो अवसरमा सांसद बिश्वकर्माले स्वास्थ्यचौकीका लागि आवश्यक स्वास्थ्य सामाग्री वडा अध्यक्ष वैकुण्ठ बहादुर कुँवरलाई हस्तान्तरण गर्नु भएको थियो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेता समेत रहनु भएका सांसद बिश्वकर्माले सरकार जनताको स्वास्थ्य अवस्था प्रति सचेत रहेको बताउनु भयो । स्वास्थ्य चौकी निर्माणको ठेक्का ३४ लाख ६ सय ३८ मा नर्थ साउथ इन्जिनियरीङ सर्भिस प्रालिले लिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, नगरप्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार