Devdaha Tv | खेलकुद
चैत्र १० | 2023 Mar 24

आईसीसी क्रिकेट वल्ड कप : पिएनजीमाथि नेपालको ९ विकेटको जीत

1 week ago
आईसीसी-क्रिकेट-वल्ड-कप-:-पिएनजीमाथि-नेपालको-९-विकेटको-जीत

मिना गैरे, फागुन २९ । आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तर्गतको चौथो खेलमा नेपालले शानदार जीत निकालेको छ । सोमबार त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पपुवा न्यूगिनीलाई ९ विकेटले हराउँदै नेपाल विजयी भएको हो । 

टस हारेर ब्याटिङ्ग गरेको पपुवा न्यू गिनी (पिएनजी) ३२ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । ९६ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ७ ओभर ४ बलमा १ सय रन बनाएको थियो । 

नेपालका लागि आशिफ शेख र कुशल मल्लले नटआउट रहँदै क्रमश ५३ र १२  रन बनाए । त्यस्तैगरी कुशल भुर्तेलले ३३ रन बनाएका थिए भने नेपालले २ अतिरिक्त रन प्राप्त गरेको थियो । 

पपुवा न्यू गिनीका लागि असद भाला, सेसे वउ, चाल्र्स अमिनी, हिरी हिरीले क्रमश २०, १८, १६, १४ रनको योगदान गरे । त्यस्तैगरी चाद सोपरले नटआउट रहँदै ८ रन बनाउँदा हिला भर, रिले हेकुरे, किल्पिन डोरिगा, र कबुआ मोरेले क्रमश ७, ४, २, १ रन जोडे । पिएनजीले ५ अतिरिक्त रन प्राप्त गरेको थियो । 

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट झार्दै म्यान अफ द म्याच भए । ललित राजवंशी र कुशल मल्लले २÷२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए । पिएनजीका लागि चाद सोपरले कुशल भुर्तेलको विकेट लिएका थिए ।