बुटवल, फागुन २८ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थी संगठन दर्तादेखि नै विवादमा आएको बुटवल हाट बजारस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा फेरी अर्काे विवाद थपिएको छ । आइतबार क्याम्पसमा पत्रकार सम्मेलन गर्दै क्याम्पसमा क्रियाशील ४ विद्यार्थी संगठनद्वारा नक्कली विद्यार्थी भर्ना गरिएको भन्दै त्यसलाई सच्याउन र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
अन्यायपूर्ण ढंगबाट आफ्नो संगठन दर्ता नगरिएको भन्दै अखिल छैठौंले क्याम्पसमा लगाएको ताला कायम नै रहेको अवस्थामा पुनः अखिल क्रान्तिकारी लगायत माओवादी घटक निकट विद्यार्थी संगठनले क्याम्पसले नक्कली विद्यार्थी भर्ना गराएको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस नोटमा विद्यार्थी संगठनहरूले त्रिवि आचारसंहिता अनुसार फागुन ४ गतेपछि नयाँ विद्यार्थी भर्ना रोकिनुपर्नेमा त्यसो नभएको जनाएका छन् । आन्दोलनरत विद्यार्थीले फागुन ४ यता क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना भएका ३९ जना विद्यार्थी र प्रथम वर्षमा भर्ना नै नभएका विद्यार्थी समेत दोस्रो र तेस्रो वर्षमा केहि विद्यार्थी भर्ना देखाईएको भन्दै अन्तिम नामावली पुनः प्रकाशन गरि स्ववियू निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन ।
आफूहरूले नामावलीउपर दावीविरोध जनाएपछि क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया नै स्थगन गरेको उल्लेख गर्दै विद्यार्थी संगठनले तत्काल त्रृटी सच्याएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
प्रेस विज्ञप्तिमा अखिल क्रान्तिकारीका हिमाल खनाल, अखिल क्रान्तिकारी विप्लवका प्रमिसा राउत, अखिल क्रान्तिकारी बैद्यका संग्राम भिउ थापा र अखिल क्रान्तिकारी बहुमत पारस राहदी मगरले हस्ताक्षर गरेका छन् ।
चार संगठनको प्रेस नोट जस्ताको तस्तै
सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार गरि यस सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवलमा उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
त्रिभुवन विश्वविद्यालयले देशभर रहेका ६२ ओटा आंगिक क्याम्पस र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गर्ने गरि अगाडि बढेको अवस्था रहेको थियो र सो अन्तर्गत यस सिद्धार्थ गौतम बुद्ध क्याम्पस पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त सामुहिक क्याम्पसको रुपना रहेको छ ।
यसै सन्दर्भमा यस सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७९ फाल्गुन ५ गते सम्पन्न बैठकबाट स्ववियु निर्वाचन अधिकृत क्याम्पस प्राध्यापक गोपाल चापागाईं रहेको ९ सदस्यीय स्ववियु निर्वाचन समिति र क्याम्पस प्राध्यापक कृष्ण प्रसाद शर्मा संयोजक रहेको ५ सदस्यीय अनुगमन एवम् आचारसंहिता समिति निर्माण गरिएको २०७९ फागुन १० गतेको क्याम्पस सूचनामा रहेको थियो । यस सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा क्रियाशिल रहेका विभिन्न विद्यार्थी संघ÷संगठन÷ समूह दर्ता गर्ने सम्बन्धमा २०७९ फाल्गुन १२ गते क्याम्पस स्ववियु निर्वाचन समितिबाट संगठन दर्ता गर्नका निम्ति सूचना प्रकाशन गरेको स्ववियु कार्यतालिका २०७९ अन्तर्गत रहेर क्याम्पस स्ववियु निर्वाचन समितिले २०७९ फागुन ९ गते दिनको १ः३० बजेसम्म संगठन दर्ता गर्ने गरि सूचना प्रकाशन गरे प्रश्चात क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन स्ववियु निर्वाचन प्रक्रियामा सहभागी हुनेगरी संगठन दर्ता गरेको सूचना स्ववियु निर्वाचन समितिबाट प्रकाशित भएको थियो । यसै बिचमा क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा संगठन दर्ता भएकादेखि बाहिरकोे एक संगठनले तालाबन्दी गरेको थियो ।
यसै बिचमा २०७९÷११÷२० गते बिहान ८ बजे देखि सुरु गरिएको बैठक क्याम्पस प्रशासनले राखेको बैठकका एजेन्डाहरुमा स्ववियु निर्वाचन कार्यालयमा लगाइएको ताला सम्बन्धमा भर्ना, कार्यतालिका संशोधन सहितको प्रकाशन सम्बन्धमा, निर्वाचन आचारसंहिता सम्बन्धमा र सुरक्षा सम्बन्धमा राखिएको बैठकमा क्याम्पसमा स्ववियु कार्यालयमा लगाएको ताला खुलाउने जिम्मा लिनेगरी मौखिक रुपमा जानकारी गराएको, यसैगरी भर्ना सम्बन्धमा छलफल गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तालिका प्रकाशन मिति २०७९ फागुन ४ गते प्रकाशित प्रश्चात विश्वविद्यालयको सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको भर्ना रोकेको र सोही अनुसार क्याम्पसमा स्ववियु निर्वाचनमा सहभागी ४ विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू क्रान्तिकारी संयुक्त, अखिल क्रान्तिकारी बिप्लब निर्देशिका अनुसार भर्ना रोक्नुपर्ने भन्दै बैठकमा निर्णय हुन नसकी विवादित रहेको थियो ।
यो संगै २०७९÷ ११÷२० गते शनिबार बिदाका दिन क्याम्पस प्रमुखको हस्ताक्षरमा भर्ना एवं परिचयपत्र बाट जरुरी सूचना भन्दै स्ववियु निर्देशिका २०७९÷११÷२१ गते दिनको ३ बजे सम्म भन्दै भर्ना खुलाएको थियो । भने २० गते नै अर्काे सूचना भर्ना एवं सूचना सम्बन्धमा भन्दै सूचना प्रकाशन गरिएको थियो । त्यसै गरी प्रशासनबाट ल्याएको निर्वाचन आचारसंहिता २०७९ मा सबै संगठनको सहमति सहित निर्णय गरिएको र अनुगमन तथा आचारसंहिता समिति संयोजकको हस्ताक्षरमा प्रकाशित गरिएको थियो । यसैगरी मिति २०७९÷११÷२१ गते स्ववियु निर्वाचन २०७९ को कार्यतालिका प्रकाशन गरेको थियो । यसैगरी स्ववियु कार्यतालिका अन्तर्गत मिति २०७९÷११÷२५ गते क्याम्पस स्ववियु निर्वाचन समितिबाट २१७६ जना विद्यार्थी संख्या रहेको मतदाता नामावली प्रकाशन गरेको थियो । ती नामावली अध्ययन गनेक्रममा स्ववियु निर्देशिका २०७९ विपरीत ३९ जना विद्यार्थीको स्नातक प्रथम वर्षमा फर्जी भर्ना गराएको र स्नातक दोस्रो र तेसो वर्षमा भर्ना नै नगरी वा अध्ययन नै नगरी भर्ना गराएको भेटाएपछी क्याम्पसमा दर्ता रहेका २१७६ जना सङ्कालु ४ विद्यार्थी संगठन ती फर्जी मतदाता विरुद्ध दावि विरोध गरेका थियौं ।
सोही अनुसार दावी विरोध सम्बन्धमा छानबिन गरी मतदाता नामावलीलो अन्तिम प्रकाशन २०७९÷११÷२६ गते दिनको ३ बजे गर्नुपर्ने थियो तर निर्वाचन समितिबाट करिब ३ः३० को समयमा आफुहरु छानबिन मै रहेको र केहि समय ढिला हुने भन्दै सूचना प्रकाशन गरियो ।
क्याम्पस निर्वाचन समितिबाट छानबिन गरिरहेको र धेरै संख्यामा दाबी विरोध भएकाले छानबिन गर्न केहि ढिला भएको कुरा, मतदाता नामावलीको अन्तिम नामावली प्रकाशनको पर्खाइमा रहेका हामी विद्यार्थी संगठन र क्याम्पसका विद्यार्थी साथीहरु साझसम्म कुरी रहेको अवस्थामा क्याम्पस निर्वाचन समितिबाट एक्कासी छापामार शैलीमा सूचना पार्टीमा स्ववियु निर्वाचन समितिले प्रकाशित पहिलो मतदाता नामावली विरुद्ध परेको दाबिविरोध माथी छानबिन प्रक्रिया लम्बिएको कारण स्ववियु निर्वाचन तालिका प्रभावित भएको भन्दै निर्वाचन नगराउने नियतका साथ सूचना प्रकाशित गरिएको थियो ।
यसबाट के प्रष्ट हुन्छ भने यश क्याम्पसलाई शैक्षिक संस्थाका रुपमा नराखी कुनै अमुक पार्टीका कार्यकता भर्तिकेन्द्र बनाएको र क्याम्पसलाई शैक्षिक वातावरण नै धमीलाउने गरि विगतदेखि क्याम्पस प्रशासन, कर्मचारी तथा प्राध्यापकबाट हुने राजनैतिक आग्रह, पुर्वाग्रहबाट वन्चित हुने डरले, स्ववियु अध्यक्ष प्रशासन र व्यवस्थापन समिति विपरीत आउने डरले स्ववियु निर्वाचन नै स्थगित गर्ने गरि अगाडि बढेको प्रष्ट पाउदछौ । हामी ४ संगठन यस क्याम्पसलाई शैक्षिक उत्थानको थलोको रुपमा अगाडि बढाउन र शैक्षिक वातावरण निर्माण गर्नका निम्ति पनि स्ववियु आवश्यक रहेकोले क्याम्पस निर्वाचन समितिलाई स्ववियु प्रक्रिया अगाडि बढाइ स्ववियु निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निरन्तरता गरि स्ववियु प्रक्रिया अगाडि बढाओस र हामी जिम्मेवार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा सहभागी हुने र विद्यार्थीहरुलाई आफ्नो प्रतिनिधि छान्न पाउने अधिकार स्ववियु निर्देशिका २०७९ अनुसार सुनिश्चितता गर्दै यथासिग्र निर्वाचन तालिका प्रकाशित गरियोस् ।
धन्यवाद ।