Devdaha Tv | समाज
मंसिर १८ २०७७   | 
devdahaTv-info

देवदहमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • 3 weeks ago

कात्तिक २७ । रुपन्देहीको देवदहका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–७ का ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा बिहीबार बिहान मृत्यु भएको हो । कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भए पछि २१ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनु भयो । डा.गौतमका अनुसार उनी एचआईभी संक्रमित हुन । यो संगै देवदहमा मृतकको संख्या १० पुगेको छ । यस्तै बिहिबार नै गुल्मीको रेसुंगा नगरपालिका–१ का ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । १६ गते पीसीआर रिपोर्ट पोजिटिभ आएका उनी २० गते अस्पतालमा भर्ना भएका थिए । डा.गौतमका अनुसार उनी मधुमेहका बिरामी थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यस संगै मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ८९ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा थप १९ सय १३ जना नयाँ संक्रमित थपिएका छन । बिहिबार २३ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार