Devdaha Tv | अर्थ बजार
चैत्र १० | 2023 Mar 24

१७ सयले बढ्यो सुनको मूल्य

1 week ago
१७-सयले-बढ्यो-सुनको-मूल्य

फागुन २८ । आज सुनको मूल्य एकैपटक १ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँमा कररोबार भईरहेको जनाएको छ । शुक्रबार छापावाला सु्न प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन तोलामा १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।