Devdaha Tv | खेलकुद
चैत्र १० | 2023 Mar 24

आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालको जित

2 weeks ago
आईसीसी-क्रिकेट-वल्ड-कप-लिग-२-अन्तिम-त्रिकोणात्मक-सिरिजको-पहिलो-खेलमा-नेपालको-जित

मिना गैरे, फागुन २५ । आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले ५२ रनको जित हात पारेको छ । आज त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्यू गिनीलाई ५२ रनले हराउँदै नेपालले जीत हात पारेको हो । 

टस हारेर ब्याटिङ्को निम्तो पाएको नेपालका लागि आशिफ शेखले सर्वाधिक ११० रनको योगदान  गर्दै प्लेयर अफ द म्याच भए । त्यस्तैगरी कुशल भुर्तेल, भिम सार्की, रोहित पौडेल, आरिफ शेखले क्रमश ४५, ४४, ३०, र १५ रनको योगदान गरे । त्यस्तैगरी ज्ञानेन्द्र मल्लले ११ तथा करण केसी, सन्दिप लामिछानेले क्रमश ८ र ७ रन बनाए । नेपालका दिपेन्द्र सिंह ऐरीले नटआउट रहदै ७ रन बनाएका थिए । नेपालले ४९ ओभर १ बलमा २९७ रन बनाएको थियो । 

नेपालले दिएको लक्ष्य पछ्याएको पपुवा न्यू गिनीले ४७ ओभर १ बलमा १० विकेट गुमाउँदै २४५ रन बनाएको थियो । पपुवा न्यू गिनीका लागि नोर्मान भानुले सर्वाधिक ६० रन बनाए । त्यस्तै टोनी उरा, किल्पिन डोरिगा , सेसे वाउ, असद भाला, चाल्र्स अमिनी, हिरी हिरी, रिले हेकुरे, अलि नाआले क्रमश ५०, २६, ३, ४२, १४, ८, २०, र २ रनको योगदान गरे भने सेमो कमियाले नटआउट रहँदै ५ रन बनाए । 

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिएका थिए । 

पपुवा न्यूगिनीका ३ खेलाडी रनआउट भएका थिए । पपुवा न्यूगिनीका लागि सेमो कमियाले ५ विकेट लिएका थिए भने रिले हकुरेले ३ र अलि नाओले १ विकेट लिएका थिए ।