Devdaha Tv | स्थानीय
चैत्र १० | 2023 Mar 24

देवदहमा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईयो

2 weeks ago
देवदहमा-विभिन्न-कार्यक्रम-गरी-११३-औं-अन्तर्राष्ट्रिय-महिला-दिवस-मनाईयो

फागुन २४ । देवदह नगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने मूल नारा सहित दिवस मनाईएको हो । 

दिवसको अवसरमा नगरपालिका अन्र्तगत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत ३८ जना कार्यालय सहयोगी कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो । 

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले कानुनले महिला अधिकार प्रदान गरेपनि समाजमा महिलाहरुमाथि विभेद कायम रहेको बताउनु भयो । उहाँले संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन गर्न महिलाहरु नै जागरुक हुन आवश्यक रहेको बताउनु भयो । नगर प्रमुख खरेलले महिला हिंसा, अन्तर विरोध र विभेद अन्त्य गर्न घरबाटै शुरुवात गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले आफैबाट परिवर्तनको शुरुवात गर्न सकेमात्र समाज रुपान्तरण गर्न सकिनेमा जोड दिनु भएको थियो । प्रमुख खरेलले समाजमा रहेका विकृति, विसंगति र कुसंस्कार अन्त्य गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले महिला हिंसा र विभेद अन्त्य गर्नको लागि महिलाहरु उत्पादनसंग जोडिन आवश्यक रहेको औल्याउनु भयो । खरेलले अहिले प्रविधिको युग भएकोले प्रविधिलाई सही सदुपयोग गर्नुपर्ने बताउदै प्रविधिमार्फत ज्ञान र सीप प्राप्त गर्न सकिने बताउनु भयो । नगर प्रमुख खरेलले अधिकार प्राप्त गर्न सबै एक भएर लाग्नु पर्ने बताउदै हिंसा मुक्त नगर बनाउने गरी नगरपालिका लागिरहेको दावी गर्नु भयो । उहाले महिलाहरुलाई ज्ञान र सीप प्रदान गरेर स्वरोजगार बनाउने गरी नगरपालिकाले शसक्तिकरणको योजना अगाडि सारेको बताउनु भयो । 

देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, अखिल नेपाल महिला संघका शिला मल्ल, नेपाल महिला संघका लक्षु न्यौपाने, नेकपा माओवादी केन्द्रका लक्ष्मी कडेल, देवदह साना किसान कृषि सहकारीका टिका न्यौपाने, अधिवक्ता पार्वती अधिकारी, परिवर्तन महिला समुहका जुनु पंगेनी, जनकल्याण महिला समुहका जया भण्डारी, प्रगति आमा समुहका सविना गिरी, विद्यार्थी नमिता सापकोटा लगायतले बोल्दै व्यवस्था फेरिएपनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको बताएका थिए । 

उपप्रमुख संग महिला कार्यक्रमका सदस्य कृष्णमाया रानाको स्वागत र ईन्दिरा भूषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।