Devdaha Tv | राजनीति
चैत्र १० | 2023 Mar 24

नेकपा माओवादी केन्द्रद्धारा देशव्यापी रुपमा सहिद सप्ताह अभियान संचालन 

2 weeks ago
नेकपा-माओवादी-केन्द्रद्धारा-देशव्यापी-रुपमा-सहिद-सप्ताह-अभियान-संचालन-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशव्यापी रुपमा सहिद सप्ताह अभियान संचालन गरेको छ । सहिद परिवारको घरघरमा जाऔं, बलिदान दिवस भव्य रुपमा मनाऔं” भन्ने नाराका साथ फागुन १४ देखि सुरु भएको सहिद  सप्ताह फागुन  २१ गतेसम्म जारि रहने माओवादी केन्द्र  प्रदेश समितिले जनाएको छ । 

सहिद सप्ताह कार्यक्रममा पार्टीको वडा समिती समेत परिचालित भएको छ ।  बैठकबाट निर्णय  गरि परिपत्र जारि गरि सहिद सप्ताहलाई रचनात्मक रुपले सहिदहरुको योगदानको सम्झना गर्न निर्देशन दिएको थियोे । जिल्ला, पालिका र वडा तहमा  सहिद  परिवारमा भेटघाट तथा सम्मान गर्ने, अन्तरक्रिया, रक्तदान लगायतका रचनात्मक  कार्यक्रम गरि सहिदको सम्झना गरिएको अध्यक्ष सुदर्शन बरालले जानकारी दिनु भयो। 


यस अभियानमा पार्टीका सबै नेता÷कार्यकर्ता सहिद परिवारको घरमा पुगेर परिवारलाई सम्मान गर्ने÷उपहार दिने, सहिद परिवारका सुझाव, गुनासो,  र आलोचना ग्रहण गर्ने, स्थानीय तहमा सहिद स्मृती, चौतारी, प्रवेशद्धार, स्तम्भ, सडक, धारा सार्वजनिक स्थानमा निर्माण गर्ने, वृक्षरोपण,रक्तदान, खेलुकद प्रतियोगिता, अन्य रचनात्मक कार्य गर्ने, हप्ताभरी नै सहिदसंग सम्बन्धित फोटो, स्मरण, कविता गजल आदि सामाजिक संजालमा प्रकाशनर प्रसारण गर्ने, सहिदरुले शहादतवरण गरेका स्थानहरुमा भ्रमण गर्ने , प्रत्येक वार्डमा न्युनतम एउटा श्रद्धाञ्जली सभा अनिवार्य गर्ने , नेपाली समाजको रुपान्तरण र सहिदको योगदान विषयमा अन्तरक्रिया, छलफल, गोष्ठी कार्यक्रम संचालन गर्ने पार्टीले निर्देशन दिएको थियो । 

अभियान अन्तर्गत उक्त पार्टी नेता कार्यकर्ता सहिद परिवारको घर दैलोमा पुगेका छ्न । गुल्मीकि महिला नेतृ  माओवादी केन्द्रका केन्द्रिय सदस्य  सिर्जना तरामुले जनयुद्धमा बलिदानी दिनुभएका सहिदहरुको सम्झना गर्न  सहिद परिवारलाई भेटघाट गरिएको जानकारी दिनु भयो।  

त्यस्तै गरि पाल्पाको जिल्ला समितिले पालिका तहमा सहिद परिवारलाई तीव्रता दिएको छ । पार्टीका तिनाउ गाउँ समितीका अध्यक्ष  दिनेश जिसिले अभियान कार्यक्रम अन्तर्गत हामी तिनाउ २ दोभानमा सहिद उपेन्द्र थापा र जगत थापाको घरपरिवार, तिनाउ ३, भूतखोलामा सहिद चुनुमायाको घरमा पुगि सहिद परिवारलाई सम्मान गरि दुखसुख बाडेको बताउनु भयो। महिला नेतृ दिल कुमारी रोक्का जानुका नेता राजेश श्रेष्ठ लगायतका नेताहरु सहिद परिवारलाई भेट्न घरमै पुगेका थिए  । 

तराईका जिल्लाहरुमा पनि अभियान जारि छ । रुपन्देहीको निर्वाचन क्षेत्र नं २  ले शनिवार रक्तदान गरेको संयोजक मनोज रानाले जानकारी दिनु भयो ।  सहिद परिवारलाई भेटेर समस्या गुनासा सुन्ने र पार्टीको लागि सुझाव लिने कार्य जारी रहेको बुटवल उपमहानगर कमिटी अध्यक्ष महेन्द्र भुसालले बताउनु भयो । माओवादी केन्द्रले २ महिने संगठन अभियान पनि सन्चालन गरेको छ । पार्टीको सेल कमिटी बनाउने देखि जबस मोर्चालाई क्रियासिल बनाउने योजनाका साथ उक्त पार्टीका नेताहरु संगठन अभियानमा लागेको जनाईएको छ । 

पार्टी अध्यक्ष बरालका अनुसार पार्टी सिसिएम र प्रदेश पदाधीकारी तथा प्रदेश सदस्यहरु प्रत्यक्ष जनस्तरसम्म पुगी आम जनताको राय सुझाव लिखित रुपमा अनिवार्य ल्याउन निर्देशन दिइएको छ ।