Devdaha Tv | स्थानीय
चैत्र १० | 2023 Mar 24

देवदहमा मनाईयो ४१ औँ मगर स्थापना दिवस

3 weeks ago
देवदहमा-मनाईयो-४१-औँ-मगर-स्थापना-दिवस

फागुन १५ । मगर समुदायले फागुन १५ गते मगर स्थापना दिवसको रुपमा मनाउँदै आईरहेको छ । यस बर्षको ४१ औँ मगर स्थापना दिवस देवदहमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । मगरहरुले हरेक बर्ष फागुन १५ गतेलाई मगर स्थापना दिवसको रुपमा मनाउदै आईरहेका छन् । 

नेपाल मगर संघ देवदह नगर समितिको आयोजनामा देवदहमा पनि ४१ औँ मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । देवदह ५ पानवारी खेल मैदानमा विभिन्न सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान साथै खेलकुदका कार्यक्रम गरी मगर स्थापना दिवस मनाईएको छ । नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षता र लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेको प्रमुख आतिथ्यतामा ४१ औँ मगर स्थापना दिवस मनाईएको हो । 

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य न्यौपानेले नेपालमा रहेका हरेक जातीका भाषा, संस्कार, संस्कृतिको संंरक्षण, सम्बद्र्धन गर्ने काम राज्यको दायित्व भएको बताउनु भयो । उहाँले भाषा, संस्कारको संरक्षणले मात्र पहिचान कायम हुन सक्ने हुँदा बालबालिकालाई आफनो मातृभाषा सिकाउन आवश्यक रहेकोमा जोड दिनु भयो । न्यौपानेले जातीय मातृभाषा बालबालिकालाई सिकाउन सकेमात्र संरक्षण हुने बताउनु भएको थियो । 

कार्यक्रममा अर्का प्रदेश सांसद निर्मलादेवी चौधरीले आदिवासी जनजातिहरुको मातृभाषा संरक्षणको लागि आफुले पहल गर्ने बताउनु भयो । 

त्यसैगरी देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले विभिन्न जातजातीको भाषा, संस्कार र संस्कृति संरक्षणको लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आईरहेको बताउनु भयो । उहाँले स्थानीय भाषा, संस्कार र संस्कृतिको संरक्षणले मात्र देवदहलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने भएकोले नगरपालिकाले भाषा, संस्कारको संरक्षणको लागि पहल गरिरहेको बताउनु भयो । 

कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, नेपाल मगर संघ रुपन्देहीका सदस्य खरसिं श्रीष, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, तमु भाषा अभियान्ता भिमप्रसाद गुरुङ्ग, समाजसेवी वासुदेव रिमाल, नेकपा एमालेका नगर अध्यक्ष हिराबहादुर थापा, सगरमाथा कलेज प्रमुख कृष्णप्रसाद पौडेल, संघका पुर्वअध्यक्ष लालबहादुर दर्लामी, नेवाः पुचः देवदहका अध्यक्ष कुशल श्रेष्ठ, भविन्द्र थापामगर लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा देवदह नगरपालिका–५ का ९३ बर्षीय चित्रकला रानालाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा संघले सहयोग गर्नेहरुलाई समेत सम्मान गरेको थियो । 

कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । 

नेपाल मगर संघ देवदह नगर समितिका कोषाध्यक्ष मिलन मास्की रानाको स्वागत र सचिव मनबहादुर राना, चोलीमाया रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।