Devdaha Tv | स्थानीय
चैत्र १० | 2023 Mar 24

नेपाल मगर संघ देवदहले ४१ औँ मगर एकता दिवस मनाउने 

3 weeks ago
नेपाल-मगर-संघ-देवदहले-४१-औँ-मगर-एकता-दिवस-मनाउने-

फागुन  १२ । नेपाल मगर संघ देवदहले ४१ औँ मगर एकता दिवस मनाउने भएको छ । संघले शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गते विविध कार्यक्रम गरि ४१ औँ मगर दिवस मनाउने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै संघका नगर अध्यक्ष शोभाकुमारी थापाले मगर संघ मगरहरुको साझा सामाजिक संस्था भएको र मगरहरुलाई एकताबद्ध गर्दै भाषा, संस्कार, संस्कृति संरक्षण र सम्बद्र्धन गर्दै आइरहेको बताउनु भयो । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेपालको हरेक आन्दोलनमा मगरहरुको ठूलो योगदान रहेको र नेपाल मगर संघले विगत लामो समयदेखि फागुन १५ गते बिदा दिन माग गरेपनि सरकारले बेवास्ता गर्दै आईरहेको गुनासो गर्नु भयो । मगर एकता दिवसमा सके राष्ट्रियस्तरमै सार्वजनिक बिदा र नसके स्थानीय बिदा दिनुपर्ने माग गर्दै उहाँले नगरपालिकाले स्थानिय बिदा नदिँदा आफूहरूले संघसंस्था र विद्यालयलाई बिदा गरिदिनु पयो भनेर पत्र लेख्न बाध्य हुँदै आएको गुनासो गर्नु भयो । 

नेपाल मगर संघले मगरहरुको चेतना अभिवृद्धि गर्ने गरी विभिन्न कार्यक्रम गर्दै आएको र पछिल्ला केही समयदेखि मगरहरुको सांस्कृतिक संरक्षण सम्बद्र्धनसंगै विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्नु भयो । अध्यक्ष थापाले मगर संघ देवदहलाई स्थानिय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो गर्नु भयो । 

मगर संघले एकता दिवसको अवसरमा फागुन १२ गतेदेखि खुला बि लेवलको पुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको छ । जसमा २० टिम सहभागी हुने र प्रथम हुने टिमलाई ३३ हजार नगद सहित शिल्ड र मेडल, द्धितिय हुनेलाई २२ हजार नगद, शिल्ड, मेडल, तृतीय हुनेलाई १२ हजार नगदसहित शिल्ड, मेडल र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्ने संघले जनाएको छ । खेल देवदहको पानबारी खेल मैदानमा हुनेछ । 

त्यसैगरि फागुन १५ गते बिहान ८ बजेदेखि पानबारी खेलमैदानमा रक्तदान कार्यक्रम आयोजना गरेको मगर संघले राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसंगै सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । सांस्कृतिक कार्यक्रममा बिमला घर्तीमगर, पवन राना मगर र डान्सर आरुषी मगर लगायतका कलाकारको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । 

सोहि दिन मगर संघको विभिन्न कार्यक्रममा विशेष योगदान गर्नुहुने मगर अग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरिएको छ । मगर संघ देवदहले आयोजना गर्ने मगर एकता दिवस २०७९ को मूल कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री माननीय छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता रहने संघले जनाएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष थापासंगै संघका नगर सचिव मनबहादुर रानामगर, कोषाध्यक्ष मिलन मास्की मगर, सदस्य किसन थापा मगर लगायतको उपस्थिति रहेको थियो ।