Devdaha Tv | खेलकुद
चैत्र १० | 2023 Mar 24

खुल्ला वि लेवल पुरुष भलिबलको उपाधी मणिमुकुण्डलाई

1 month ago
खुल्ला-वि-लेवल-पुरुष-भलिबलको-उपाधी-मणिमुकुण्डलाई

फागुन १० । सातौ राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा संचालित खुल्ला वि लेवल पुरुष भलिबलको उपाधी मणिमुकुण्डले जितेको छ । फाईनल खेलमा न्यू होराईजन स्र्पोट क्लबलाई ३–१ को सेटमा हराउदै मणिमुकुण्ड भलिबल क्लबले उपाधी जितेको हो ।

फाईनल खेलमा मणिमुकुण्ड भलिबल क्लबले २५–१६, २५–१९, २५–२१ को सेटमा न्यू होराईन स्र्पोट क्लबलाई हराएको हो । यता न्यू होराईन स्र्पोट क्लबले २५–२३ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा लाङघाली समाज नवलपरासी तृतिय भएको छ ।

 

ईन्द्रेणी युवा क्लब देदवह–१ लाई सोझो सेटमा हराउँदै लाङघाली तृतिय भएको हो । खेलमा २५–२०, २५–२१ मा सोझो सेट जित्न सफल भएको थियो । प्रतियोगिताका विजेता मणिमुकुण्ड भलिबल क्लबले नगद ५१ हजार, शिल्ड र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता टिम न्यू होराईजन स्र्पोट क्लबले नगद ३१ हजार, शिल्ड र मेडल प्राप्त गरेको छ ।

 

तृतिय स्थान हासिल गर्न सफल लाङ्घाली समाज नवलपरासीले नगद १५ हजार, शिल्ड र मेडल प्राप्त गरेको देवदह भलिबल क्लबले जनाएको छ । प्रतियोगितामा सान्त्वना भएको ईन्द्रेणी युवा क्लब देवदह–१ ले नगद ५ हजार प्राप्त गरेको छ ।