Devdaha Tv | स्थानीय
चैत्र १० | 2023 Mar 24

सोमबार राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने

1 month ago
सोमबार-राष्ट्रिय-कलाकारसहित-स्थानीय-कलाकारको-बेजोड-प्रस्तुति-रहने

फागुन ७ । सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा भोली सोमबार लोकगायक नविन पौडेल, तेजस रेग्मी, धनबहादुर गुरुङ्ग, लोकगायिका अस्मिता डल्लाकोटी र तारा थापाले प्रस्तुति दिने भएका छन् । मेला आयोजक समितिले फागुन ८ गते सोमबार लोकगायक नविन पौडेल, तेजस रेग्मी, धनबहादुर गुरुङ्ग, लोकगायिका अस्मिता डल्लाकोटी र तारा थापाको प्रस्तुति रहने बताएको हो । साथै स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्नेछन् । 

“राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकीकरण तथा व्यापार विविधीकरण” भन्ने नाराका साथ आयोजना गरिएको सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा पछिल्ला दिनहरुमा दर्शकको संख्या बढ्दै गएको छ । महोत्सवमा दर्शकको भिडले थप उत्साह थपेको देख्न सकिन्छ । 

मेलामा राखिएका लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, घोड सवार, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार लगायतले दर्शकको ध्यान आकर्षित गरिरहेको छ । 

महोत्सवमा निशुल्क स्वास्थ्य शिविर समेत संचालन भईरहेको छ । मेलामा कुल १५० वटा स्टलहरु रहेका छन् । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई रु. ५० तथा विद्यार्थीलाई रु ४० टिकटदर निर्धारण गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

यही माघ २६ गतेदेखि सुरु भएको महोत्सव फागुन १० गतेसम्म देवदह ९ देवदह मण्डपमा सञ्चालन हुनेछ ।