Devdaha Tv | स्थानीय
चैत्र १० | 2023 Mar 24

व्यवहारिक शिक्षाले मात्र स्वरोजार सिर्जना हुन्छ : सांसद विश्वकर्मा

1 month ago
व्यवहारिक-शिक्षाले-मात्र-स्वरोजार-सिर्जना-हुन्छ-:-सांसद-विश्वकर्मा

फागुन ७ । व्यवहारिक शिक्षाले मात्र स्वरोजार सिर्जना गर्ने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, को २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दे उहाँले उक्त कुरा बताउनु भएको हो ।

पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनु भयो । विश्वकर्माले विद्यार्थीहरुको रुचीको पहिचान गरी वालवालिकालाई पठन पाठन गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले गुणस्तर शिक्षाको लागि शिक्ष नीति आवश्यक रहेकोले सवै क्षेत्रको सुझावको आधारमा शिक्षा नीति बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले शिक्षाको विकासको लागि सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । 

सांसद विश्वकर्माले अन्र्तराष्ट्रिय क्षेत्रमा बिक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी सम्पूर्ण शैक्षिक संस्थाहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य आशिषकुमार चौधरी, जानकी न्यौपाने, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, पुर्व नगर प्रमुख हिराबहादुर खत्री, एन प्याब्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, एन प्याब्सन लुम्ब्निी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, महामाया भवानी माध्यमिक विद्यालयका प्राचार्य ऋषिश्वर अर्याल, सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याव्सन रुपन्देहीका सचिव वावुराम बन्जाडे लगायतले बोल्दै प्राविधिक शिक्षाको लागि निजी क्षेत्रलाई पनि अनुमति प्रदान गर्नुपर्ने माजोड दिएका थिए । 


कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यालयले हजाराँै विद्यार्थीहरुलाई पठनपाठन गराएको बताउनुभयो । उहाँले सगरमाथा आवासीय माध्यमिक विद्यालयले कयौ दक्ष जनशक्ति उत्पादन गरेर अहिले व्यवसायमा लागिरहेको उल्लेख गर्नु भएको थियो । 

कार्यक्रममा समाज रुपान्तरणमा योगदान पुर्याएबापत देवदह अपाङ्ग सेवा समाजका अध्यक्ष बालकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । विद्यालयको बार्षिकोत्सवको अवसरमा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्तीलाई शैक्षिक पुरस्कारबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक पुरस्कार तथा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्याल, हास्यकलाकार शेरबहादुर गुरुङ्गले आ–आफना गीत तथा व्याग्यात्मक प्रस्तुत गरेका थिए । 

विद्यालयका सहप्राचार्य लेखनाथ काप्mलेको स्वागत, प्रदीप अधिकारीको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।