कोरिया, माघ २३ । कोरियामा रहेको जातीय संस्था नेपाल मगर संघ द कोरिया थेगु शाखाको तेस्रो अधिबेशन सम्पन्न भएको छ । दक्षिण कोरियाको थेगु स्थित तरेवा रेष्टुरेन्टमा आईतबार अधिबेशन सम्पन्न भएको हो ।
अधिवेशनमा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा खडक घर्तीमगर, बरिष्ठ उपाध्यक्ष मिलन राना मगर, उपाध्यक्षमा प्रमिला घर्ती मगर, सन्तोष जंग मगर, नेत्र सोराली मगर चयन हुनु भएको छ । त्यस्तैगरी दुर्गा टियर पुनमगर महासचिवमा चयन हुनु भएको छ । त्यस्तैगरी सचिव पदका लागि चन्द्र थापा मगर, याम बहादुर पुनमगर चयन हुनुभएको छ । कोषाध्यक्षमा निरु श्रीसमगर चयन हुनु भएको छ भने सहकोषाध्यक्ष स्कमला पुनमगर चयन हुनु भएको छ । सदस्यहरुमा अमर दर्लामी मगर हरि थापामगर, स्रिना घर्तीमगर, स्रेनु गर्बुजामगर, कृष्णा पुनमगर, सीता रोकामगर, भेद बुढामगर, दिल पुलामी मगर, दुर्गा थापामगर, बिक्रम थापामगर रहनु भएको छ ।
बन्द सत्रमा निर्वाचन संयोजक नरेश थापा मगर संयोजकत्व रहने गरी कमल थापा मगर टीबी घर्ति मगर, कुमार गर्बुजा मगर,जीतन भाई श्रीस मगर सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बंधि सम्पूर्ण प्रकिया पुरा गर्दै नव गठित कार्य समितिलाई सपथ ग्रहण गराएका थीए ।
संस्थाको उपाध्यक्ष मिलन राना मगरको स्वागत मन्तव्यसँगै सुरु भएको अधिबेशनमा महासचिव खडक घर्तिमगरले प्रगति प्रतिबेदन र आर्थिक आयव्यय कोषाध्यक्ष चन्द्र थापा मगरले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केंद्रीय अध्यक्ष टेक पुन मगरले मगर संघ थेगु शाखाले केन्द्रले गर्न नसकेको काम गरेर देखाएकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।
नेपाल मगर संघ थेगु शाखाको तेस्रो अधिबेशनमा विशिष्ट अतिथि संस्थाका संरक्षक नरेश थापा मगर, बिशेष अतिथि प्रमुख सलाहकार कमल थापा मगर, थेगु मंचका अध्यक्ष भानु घिमिरे, स्याङ्जा परिवार थेगु शाखा का अध्यक्ष मित्र सोती मगर, किम्हे पुसान शाखाका अध्यक्ष दिल तारामी मगर, व्यवसायी तथा संस्थाका उपाध्यक्ष एकराज लुंगेली मगर, लुम्बिनी रेष्टुरेन्टका संचालक परी गुरुङ, बागलुङ समाज थेगु शाखाका अध्यक्ष ज्ञानू श्रीस मगर, संस्थापक अध्यक्ष सालिक राम पुलामी, वेगान नेपाली साथी समुहका अध्यक्ष अंकित मगर, मगर संसारका अध्यक्ष अनिल लामिछाने मगर लगायतको उपस्थिति रहेको थियो ।
शाखाका अध्यक्ष चिरन थापामगरले आफ्नो कार्यकालमा साथ दिनु हुने सम्पूर्णलाई बिशेष धन्यवाद दिदै नब गठित समितिलाई सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । थेगु मगर संघ लाई अजै अब्बल बनाउनेमा विश्वस्त रहेको उल्लेख गर्दै अध्यक्ष मगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
उक्त अधिबेशनमा संस्थाको नाम उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी र कलाकारहरुलाई सम्मान गरिएको थियो ।
शाखाको अध्यक्ष चिरन थापा मगरको सभापतित्व सोही संस्थाको केंद्रीय अध्यक्ष टेक पुन मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।