माघ १५ । सगरमाथा आवासीय मा.वि. देवदह ७ शीतलनगर रुपन्देहीमा क्रियाशील जुनियर रेडक्रसको आयोजनामा जुनियर ४–६ र सिनियर ७–९ कक्षा गरी २ तहमा स्पीलिङ् कन्सटेन्ट प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक कक्षाबाट छनोट चरण पार गरी अन्तिम चरणमा प्रवेश गरेका करिब ४५ विद्यार्थीहरुका बिचमा भएको प्रतिष्पर्धामा जुनियरतर्फ दीया बस्याल प्रथम, युजिन गुरुङ द्धितीय, पुस्कल पाण्डे तृतीय र तमन्ना थापा, दीपिका अर्यालले सान्त्वना स्थान हासिल गरेका छन् ।
सिनियरतर्फ अंकिता खनाल प्रथम, अंकुर पोखरेल द्धितीय, कविन आले, सुशान्त घर्तिमगर, रोमन पौडेल, प्रशंसा अधिकारी र एलिसा थापाले तृतीय स्थान प्राप्त गरेका छन् । सगरमाथा जुनियर रेडक्रसका अध्यक्ष प्रकृति आचार्यको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख अतिथ्यता र सह–प्राचार्य प्रदीप अधिकारीको अतिथ्यतामा सम्पन्न भएको थियो ।