Devdaha Tv | राजनीति
मंसिर १८ २०७७   | 
devdahaTv-info

देवदह नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री प्रदान

  • 1 month ago

असोज २३ । पूर्व मन्त्री तथा नेकपा स्थाई कमिटी सदस्य छबिलाल बिश्वकर्माले देवदह नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा उहाले देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई मास्क, सेनिटाइजर र थर्मलगन हस्तान्तरण गर्नु भएको हो । उहाले देवदह नगरपालिकाले कोरोना भाइरस रोकथाम र संक्रमित व्यवस्थापनको क्षेत्रमा गरेको कामहरुको बारेमा पनि जानकारी लिनु भएको थियो । सो अवशरमा स्वास्थ्य शाखाका राम प्रसाद बस्यालले देवद नगरपालिका भित्र एउटा आइसोलेसन कक्ष र चार वटा क्वारेनटाइन रहेको जानकारी गराउनु भयो । उहाले देवदहमा जम्मा १ सय ७ जना कोरोना संक्रमित रहेको र ६५ जना निको भएको जानकारी दिनु भयो । ३७ जनाको उपचार भइरहेको र पाच जनाको मृत्यु भएको उहाले बताउनु भयो ।

देवदह उपप्रमुख गुरुङले नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको र शव वहानको व्यवस्थापनका लागि सहयोग गरीदिन आग्रह गर्नु भयो । उहाले देवदहमा ५ वेडको अस्पाताल संञ्चालन गर्न लागिएको र त्यसका लागि एक जना बिशेषज्ञ डाक्टर र एक जना नर्सको आवेदन खोल्ने प्रक्रिया अघि वढेको जानकारी दिनु भयो । नेता बिश्वकर्माले उपप्रमुख गुरुङलाई पूर्व पश्चिम लोकमार्गको घोडाहा क्षेत्रमा पर्ने सडक ६ लेनको बनाउने बिषयमा सडक विभाग संग गरीएको छलफलको वोधार्थ पनि हस्तान्तरण गर्नु भयो । उक्त सडक जंगल क्षेत्रमा परेको भन्दै चार लेनको मात्रै बनाउने ठेकेदार कम्पनीले जानकारी दिएपछि स्थानियले बजार क्षेत्र भएका कारण ६ लेनको बनाउन माग गरेका थिए । सडक बजार क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनको बन्नेछ । 

सम्बन्धित समाचार