Devdaha Tv | राजनीति
मंसिर १८ २०७७   | 
devdahaTv-info

आय आर्जनमा जोडिन युवाहरुलाई मेयर खत्रीको आग्रह

  • 2 months ago

असोज ३ । रुपन्देहीको देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले युवाहरुलाई आय आर्जनमा जोडिन आग्रह गर्नु भएको छ । शनिबार देवदहमा फुड बैक समापन कार्यक्रममा बोल्दै राजनिति कमाउने भाडोको रुपमा विकसित बन्दै गएको उल्लेख गर्दै युवाहरु आर्थिक रुपले सबल भएर राजनितीमा जोडिनु पर्ने बताउनु भयो । युवा पुस्तामा समाज सेवा गर्छु तर राजनिती गर्दिन भन्ने भावना रहेको भन्दै मेयर खत्रीले राजनिती नै असल समाज सेवा भएको जिकिर गर्नु भयो । राजनैतिक चेतनाको विकास संगै समाज सेवाको परीपाटी विकास भएको उहाको भनाई छ । सभ्य समाज निर्माण गर्न नगर भित्रका सबै नागरीक सभ्य हुनु पर्नेमा खत्रीले जोड दिनु भयो । 

सोही कार्यक्रममा बोल्दै देवदह उपप्रमुख  विद्यालक्ष्मी गुरुङले समाज परीवर्तनको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने बताउनु भयो । उहाले संकटको समयमा युवाहरुले गरेको कार्य प्रशनिय भएको उल्लेख गर्दै आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा बिष्णु प्रसाद पौडेल लगायतले बोल्नु भएको थियो । लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लियो क्लब अफ देवदह, रोट्रयाक  क्लब तिलोत्तमा देवदह, सामाजिक सेवा समुह र लियो क्लब अफ लर्ड बुद्धले संयुक्त रुपमा फुड बैक संञ्चालन गरेका थिए । सो अवशरमा देवदहका विभिन्न स्थानका ६ सय २७ घर परीवारलाई २ लाख ५० हजार रुपैया बराबरको राहात सामाग्री हस्तान्तरण गरेको आयोजकले जनाएको छ । 
     
 

सम्बन्धित समाचार