मंसिर १९ । सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा स्मरण शक्ति प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा कक्षा २ देखि कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको स्मरण शक्ति प्रवर्धन गर्ने अभिप्रायले आज स्मरण शक्ति प्रतियोगिताको कार्यक्रम सञ्चालन गरिएको हो ।
सगरमाथा बाल क्लबद्धारा आयोजना गरिएको उक्त प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विद्यालयले यस्ता कार्यक्रम गर्दै जाने र विद्यार्थीको चौतर्फी प्रतिभालाई उजागर गर्ने कार्यक्रम गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
उक्त प्रतियोगितामा कक्षा २ की एन्जीसा सुवेदी प्रथम तथा कक्षा ३ की बैस्नबि थापा, कक्षा ४ की अनुस्का पाण्डे, कक्षा ५ का पुस्कल पाण्डे, कक्षा ६ की सिभानी सारु, कक्षा ७ की किन्जल राना, कक्षा ८ की मोनिका अधिकारी र कक्षा ९ का मन्जिल थापाले प्रथम स्थान हासिल गरेका छन् ।
कक्षा २ देखि ९ सम्म अध्ययनरत सबै विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रम क्लवका अध्यक्ष अंकुर पोखरेलको अध्यक्षता, कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता र वालक्लवका विद्यार्थीको सक्रियतामा सञ्चालन भएको थियो ।