मंसिर १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल ८ सय ४३ जनामा परीक्षण गर्दा थप ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ३४ हजार ८ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।