मंसिर १७ । राष्ट्रिय खेलकुद परिषद् राखेप ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधनले राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुखी तुल्याएको बताएको छ । राखेपले शनिवार सामाजिक सञ्जालमार्फत पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधनले सिंगो खेल जगत र राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुखी तुल्याएको बताएको हो ।
परिषद्ले नेपाली खेलकुदको विकास र विस्तारमा सिंहको योगदान प्रशंसनीय रहेको उल्लेख गरेको छ ।
राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा निधन भएको थियो । सिंह ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उहाँ नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा हुनु हुन्थ्यो । शुक्रबार पशुपती आर्यघाटमा सिंहको अन्त्येष्टि गरिसकिएको छ ।