मंसिर १७ । सर्वाधिक चर्चामा रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले स्वतन्त्रहरु एक बन्नुपर्ने समय आएको बताउनुभएको छ । साम्पाङ्ले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो बताउनुभएको हो ।
उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिनु निन्दनीय भएको बताउनुभएको छ । उहाँले अरु कसैले बालेनको साथ नदिए पनि आफूले भने बालेनको साथ दिने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा साम्पाङ्ले “कथाले माग्यो अब । स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसीमले घेराबन्दीमा पारिएको छ । त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ” लेख्नुभएको छ ।