मंसिर १६ । कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
आज सुनको मूल्यमा एकैपटक १ हजार रुपैयाँको वृद्धि आएको छ । आज छापावाला सुन प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।