Devdaha Tv | अन्तर्राष्ट्रिय
चैत्र १० | 2023 Mar 24

अमेरिकामा गोली चल्दा १० जनाको मृत्यु

4 months ago
अमेरिकामा-गोली-चल्दा-१०-जनाको-मृत्यु

मंसिर ७ । अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । बुधबार दिउँसो अमेरिकी राज्य भर्जिनियामा एक व्यक्तिले वालमार्ट स्टोरमा गोली चलाउँदा १० जनाको मृत्यु भएको हो । 

उक्त घटनामा गोली चलाउँने व्यक्तिको पनि मृत्यु भएको त्यहाँको स्थानीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । गोली चलाउँने व्यक्तिले स्टाफ रुममा गोली चलाएको तथा त्यसपश्चात आत्महत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 घटनापछि भर्जिनियाका स्थानीय प्रतिनिधि लुइस लुकासले ट्वीटरमा भर्जिनियाको चेजपिक जिल्लामा रहेको वालमार्टमा गोलीबारी हुँदा अत्यन्तै मर्माहित भएको उल्लेख गर्दै धेरै मानिसको ज्यान लिएको बन्दुक हिंसाको समाधान नभएसम्म आफू आरामले नबस्ने बताउनुभएको छ ।