Devdaha Tv | शिक्षा / प्रविधि
चैत्र १० | 2023 Mar 24

सगरमाथा आवासीय मा.वि. मा हस्तकला प्रतिस्पर्धा कार्यक्रम सम्पन्न

4 months ago
सगरमाथा-आवासीय-मा.वि.-मा-हस्तकला-प्रतिस्पर्धा-कार्यक्रम-सम्पन्न

कार्तिक २७ । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह —७ शीतलनगरमा विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले हस्तकला प्रतिस्पर्धाको कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुका विचमा भएको प्रतिस्प्रर्धामा ग्रिन सदन प्रथम, स्थान एल्लो सदन दोस्रो र तेस्रो स्थान ब्ल्यु सदन ले प्राप्त गर्न सफल भएका छन् । 

कार्यक्रमको औचित्यमाथि कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले यस्ता रचनात्मक अभ्यासहरुले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा मद्धत पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सीपमूलक र अभ्यासमूलक कार्यमा लगाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीले निर्णयकको भूमिका निर्वाह गर्नु भएको थियो भने अजय थापा को  सञ्चालनमा कार्यक्रम समापन भयो ।