Devdaha Tv | अन्तर्राष्ट्रिय
चैत्र १० | 2023 Mar 24

आज चिनमा गयो ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प

6 months ago
आज-चिनमा-गयो-६-दशमलव-६-म्याग्निच्युडको-भूकम्प

भाद्र २० । आज चिनमा भुकम्प गएको छ । 

दक्षिणपश्चिम चीनमा सोमबार ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भुकम्पका कारण कुनै मानवीय क्षति भएको तथ्यांक आएको छैन् । 

यस वर्षको जुनमा दक्षिणपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा परी चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । त्यतिबेला चेङ्दु सहरबाट १०० किलोमिटर पश्चिममा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । 

आज गएको भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिण पूर्वमा रहेको एएफपी समाचार एजेन्सीले अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस लाई उद्धृत गर्दै बताएको छ ।