Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

कारोबारको चौथो दिन आज सुनचाँदीको मूल्यमा कमी

1 month ago
कारोबारको-चौथो-दिन-आज-सुनचाँदीको-मूल्यमा-कमी

भाद्र १ । भाद्र महिनाको पहिलो दिन अर्थात कारोबारको चौथो दिन आज सुनचाँदीको मूल्यमा कमी आएको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९५ हजार ७ सय रुपैैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्यमा १० रुपैयाँको कमी आई १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।