Devdaha Tv | समाचार
आश्विन १४ | 2022 Sep 30
Flash News

आजको मौसम यस्तो रहने

1 month ago
आजको-मौसम-यस्तो-रहने

भाद्र १ । प्रदेश १ लगायत प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पहाडी भू–भागमा  र बाँकी भू–भागमा बदली रही पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।