Devdaha Tv | अर्थ बजार
मंसिर १८ २०७७   | 
devdahaTv-info

पाल्पाबाट ढाकाको माक्स निर्यात

  • 8 months ago

चैत्र ३ । कोरोना भाईरसको संक्रमणले नेपाल सहित विभिन्न मुलुकमा माक्सको अभाव भइरहेका वेला पाल्पाका ढाका उद्योगहरुले ढाकाको माक्स उत्पादन गरेर निर्यात गर्न थालेका छन । सदरमुकाम तानसेनमा रहेका विभिन्न उद्योगले माक्सको उत्पादन सुरु गरेका हुन । पाल्पा मदपोखरा ढाका उद्योगकी प्रवन्ध निर्देशक सिता भण्डारीले पछिल्लो एक हप्तामा ३० हजार माक्स उत्पादन गरेको जानकारी दिनु भयो । भण्डारीका अनुसार पाल्पामा उत्पादित माक्स हङकङ, सिंगापुर थाइल्याण्ड लगायतका देशमा निर्यात हुने गरेका छन । माक्सको उत्पादन थालेपछि १२ जना स्थानिय महिलाहरुले रोजगारी समेत पाएका छन ।

सम्बन्धित समाचार