Devdaha Tv | अन्तर्राष्ट्रिय
मंसिर १८ २०७७   | 
devdahaTv-info

कोरोनाका संक्रमणका कारण इटालीमा मृतकको संख्या १०७ पुग्यो

  • 8 months ago

फागुन २२ । कोरोना भइरसको संक्रमण बढ्दै गए पछि इटालीमा पनि १० दिनका लागि विद्यालयहरु बन्द गरिएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाको संक्रमण विश्वका ८१ देशमा फैलिए पछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । युरोपमा सबै भन्दा बढी इटालीमा कोरोनाका संक्रमितहरु भेटिएका छन । इटालीमा पूर्व निर्धारित फुटबल प्रतियोगिताहरु पनि स्थगित गरिएको समाचारमा जनाइएको छ । इटालीमा हालसम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ । इटालीका २० मध्ये १९ शहरका तीन हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

कोरोनाका कारण चीन सहित विश्वभार तीन हजार दुई सय मानिसको मृत्यु भइसकेको छ भने ९० हजार भन्दा बढी प्रभावित भएको समाचारमा जनाइएको छ । यता विश्व स्वास्थ्य संगठन डब्लुएचओले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासहरु पर्याप्त नभएको बताएको छ । कोरोनाको संक्रमण बढ्दै गए पछि विभिन्न देशहरुले सीमा नाकामा कडाइ गर्नुका साथै मानिसहरुलाई विभिन्न सभा समारोहमा सहभागी हुन कडाइ गरेको छ । त्यसैगरी विमानस्थलसहित सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्नुका साथै क्वारेन्टाइनहरु पनि स्थापना गरेका छन ।

सम्बन्धित समाचार