Devdaha Tv | अर्थ बजार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक महोत्सव शुरु

1 year ago
प्रथम-प्रादेशिक-लघु-घरेलु-साना-तथा-औद्योगिक-महोत्सव-शुरु

फागुन २१ । बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा शुरु भएको प्रादेशिक स्तरको महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गर्नु भयो । महोत्सवको उद्घाटन गर्दै उहाले महिलालले मात्रै मेला गर्नु सानो कुरा नभएको बताउँदै सिंहले महिलाहरुले गरेको मेलामा सरकारको सहभागिता न्युन देखिएको बताउनु भयो । महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणको लागि यस्ता मेला महोत्सव भईराख्नुपर्ने उहाको तर्क थियो । कार्यक्रममा बोल्दै एफएनसिसिआई महिला उद्यमी समिति केन्द्रिय अध्यक्ष शिवा उपाध्याय (अञ्जु)ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्न सक्नु ठुलो कुरा रहेको बताउनु भयो । मेलामा महिलाका उद्योगबाट उत्पादीत समाग्रिहरुलाई बजारमा लैजान थप सहयोग पुग्ने तर्क गर्नु भयो । कार्यक्रममा बोल्दै प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले कोरोनाको त्रासले गर्दा मेलाको पहिलो दिनमा उपस्थीतीको संख्या कम भए पनि भोलीका दिनबाट भने दर्शक संख्या बढ्ने बताउनु भयो । उहाले पहिलो पटक हुन लागेको प्रदेश स्तरीय मेलामा स्थानिय स्रोतको प्रयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा सानाउद्योगहरुको उत्पादित वस्तुहरुको दिगो वजार पहुच स्थापित गर्ने यस महोत्सवको विशेष उदेश्य रहेको बताउनु भयो । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ । एक करोडको आर्थिक कारोवार हुने र ५ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।