Devdaha Tv | खेलकुद
मंसिर १८ २०७७   | 
devdahaTv-info

शंकरनगर र राइनोज विजयी

  • 8 months ago

फागुन २१ । अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगितामा बुधबार भएको सेमिफाइनलको खेलमा राइनोज क्रिकेट क्लब काठमाण्डौ र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन । राइनोजले असरक ग्लोबल स्पोर्टस् बंगलादेशलाई ९ विकेटले र शंकरनगरले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४४ रन पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको असरक स्पोर्टस्ले २० ओभरमा १० विकेट गुमाउँदै ११६ रनको योगफल बनायो । उसका लागि अली समाद र ओस्कर कोल्कले ३०–३०, डान रोर्बट्सले २४ र एमबीए चौधरीले १३ रनको योगदान गरे । बलिङमा राइनोजका कमलसिंह ऐरी, सुर्य तामाङ र गजेन्द्र बोहराले ३–३ विकेट लिए । जवाफमा राइनोज क्रिकेट क्लबले १० ओभरमा १ विकेटको क्षतिमा ११७ रन बनायो । उसका लागि लोकेश बमले ९० तथा रोहित कुमार पौडेल र गजेन्द्र बोहराले ११–११ रनको योगदान गरे । बलिङमा असरकका हप्र्रित चोपराले १ विकेट लिए । खेलमा राइनोजका लोकेश बम म्यान अफ द म्याच घोषित भए ।


दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रनको योगफल बनायो । उसका लागि सौरभ खनालले ५९ (नटआउट), साहब आलमले २५, दुर्गेश गुप्ताले १३ (नटआउट) र शंकर रानाले १० रनको योगदान गरे । बलिङमा वेस्टर्नका विक्रम सोबले ३, कृष्ण कार्कीले २ तथा बसन्त रेग्मी र हर्जित सिंहले १–१ विकेट लिए । जवाफमा वेस्टर्नले १९ ओभरमा १० विकेट गुमाउँदै ९१ रन बनायो । उसका लागि कुशल भुर्तेलले २३, बसन्त रेग्मीले १४ र विक्रम सोबले १० रनको योगदान गरे । बलिङमा शंकरनगरका साहब आलमले ४, विक्रम भुसालले ३ तथा दुर्गेश गुप्ता, सन्दिप सुनार र अनिल खरेलले १–१ विकेट लिए । खेलमा शंकरनगरका साहब आलम म्यान अफ द म्याच घोषित भए । बिहीबारकोे फाइनल खेल राइनोज क्रिकेट क्लब काठमाण्डौ र शंकरनगर क्रिकेट क्लब रुपन्देहीबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताउनु भयो । भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्नेछन ।

 

सम्बन्धित समाचार